प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाए ।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । यसमा प्रोटोकल पनि मिलेन । पीए छोरी राख्नुभएको छ । तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव पनि छैन । अफिसियल रेकर्ड राख्ने, टिपोट गर्ने पनि कोही छैन’ ओलीले भने, ‘प्रोटोकलमा यस्तो यस्तो हुन्छ ? अब आज छोरी भोलि नातिनी लिएर जाने ?’
त्यस्तै ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको बताएका छन् ।भारतले सीमा मिचेको छ भनेर बोल्न नसक्नु कमजोरी रहेको ओलीको आरोप छ ।














