तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Image

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।