एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्टबीच ‘आईडिया टु आईपीओ सम्बन्धी सम्झौता

एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिबीच क्यापिटलको आइडिइएओ टु आइपिओ सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता भएकाे छ ।

सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिलाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिबीच दुई पक्षिय सम्झौता सम्पन्न भएको हाे।

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइन मार्फत बिल भुक्तानी गर्न सकिन्छ । हाल सजिलो पे माेबाइल एप प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टप अप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ्ग, बीमा र इएमआइ भुक्तानी, नवीकरण, विद्युतको महशुल भुक्तानी लगायतका अन्य कारोवारको भुक्तानी गर्नुपर्ने रकम अनलाईन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । साथै भुक्तानी गर्दा क्यासव्याक समेत उपलब्ध गराउंदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्ष भित्र प्रयोगकर्ताको संख्या १० लाख पु¥याउने लक्ष्य लिएका छ ।

एनआईसी एशिया क्यापिटलले “आइडिया टु आइपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपिओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।