नेपालमा ओमिक्रोनको ५ नयाँ सब-भेरियन्ट पुष्टि

Image

नेपालमा ओमिक्रोनको ५ वटा नयाँ सब भेरिएन्ट पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ परीक्षण गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको हो।

जेठ २२ देखि २९ गतेसम्म कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै प्रदेशमा ओमिक्रोन देखिएका १४ वटा नमुनामा परीक्षण गर्दा ओमिक्रोनको ५ वटा नयाँ सब भेरियन्ट देखिएको बताए।

अहिले भेटिएका सब भेरियन्टहरु संक्रामक भएको तर कम घातक भएको उनको भनाइ छ। पुष्टि हुनेमा सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ भेटिएको छ।

ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हुन्। भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन (म्युटेट)भइरहन्छ। परिजर्तन भएर आएका भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनादेखि २५ जिल्लामा १ सय ६७ कोरोना भाइरसका पुष्टि भएको छ।कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमतीमा १ सय ३१, कोशीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा देखिएको छ।