रेशम चौधरीलाई निर्वाचन आयोगले स्वीकारेन नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।

नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो । महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो । आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ।

विवरण अद्यावधिक गराउन निवेदन दिएसँगै त्यसविरूद्ध दुई वटा उजुरी समेत परेको थियो। त्यस उजुरीपछि आयोगले रेशम चौधरी र नाउपासँग कर्तव्‍य ज्यान कसुरमा दोषी भएर र राष्ट्रपतिबाट माफी पाएका व्यक्तिले कसुर नै नगरेको भन्न मिल्छ भनेर प्रश्न सोधेको थियो ।