सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ। ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा अहिले बिहान साढे ९ बजेदेखि सचिवालय बैठक बसिरहेको छ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो।