नाबालिगमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडाै‌ं । बागलुङ र रुपन्देहीबाट बलात्कार आराेपमा एक एक जना पक्राउ परेका छन् ।  १५ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्रउ गरेको हो