भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १२ करोड रुपैयाँ भ्रष्टाचार भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने भन्दै सञ्चालनमा आएको ‘हेलिपोर्ट करिब १२ करोड भ्रष्टाचार भएको हो ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २०८१ असार ७ देखि नलिञ्चोक हेलिपोर्ट सञ्चालनमा ल्याएको थियो । तर
सञ्चालनमा आएको १० दिनपछि हेलिकप्टर उडाउने ४७ पाइलटहरूले नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले उडान नगर्ने बताएका थिए
पाइलटले १७ असारमा उड्डयन प्राधिकरणमा बुझाएको लिखित पत्रमा हेलिपोर्टको भौगोलिक अवस्थिति, वरिपरिको बाक्लो बस्ती, पूर्वाधारको पूर्णतयारी नहुनु, सुरक्षा संवेदनशीलतामा पर्याप्त ध्यान नदिइनु लगायत कारण उल्लेख गर्दै २७ असारदेखि उडान–अवतरण नगर्ने बताए थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले हेलिप्याड बनाउनै नहुने ठाउँमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेका थिए ।
नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन (एयर टर्बाइन फ्युल) सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गो, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि छैन ।
नलिञ्चोक हेलिपोर्टमा अझै फ्लड लाइट, इन्धन ट्यांक, स्क्यानर मेसिन लगायत जडान गर्नै बाँकी रहेको र त्यसका लागि थप १० देखि १२ करोड रुपैयाँ खर्च लाग्ने बताउँदै आएका थिए । पहिले नै १३ करोड ५१ खर्च भएको हेलिकप्टर उडाउन नमिल्ने हेलिप्याडमा थप १२ करोड खर्च लाग्ने भन्दै महानिर्देशक अधिकारीले चलखेल गरिरहेका छन् ।
महानिर्देशक प्रदिप अधिकारी आफैले संलगन भएर निर्माण गरेका कुनै पनि विमानस्थलहरु संचालनमा छैन । अर्बौं रुपैयाँ खर्च गरी निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
महानिर्देशक अधिकारीले अर्बौ भ्रष्टचार गरेका छन् ।













