नेपाली एसोसिएसन्स अफ नर्दन क्यालिफोर्नियाद्वारा दैवि प्रकोप उद्धार कोषमा १ करोड सहयोग

Image

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको नेपाली एसोसिएसन्स अफ नर्दन क्यालिफोर्नियाले नेपालका विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ। संस्थाका तर्फबाट उपाध्यक्ष पशुपति कँडेल र पवन बिष्टले उक्त रकमको चेक आज नेपाल सरकारका माननीय पूर्वाधारमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरेका हुन्। संस्थाका उपाध्यक्षद्धय पशुपति कँडेल र पवन बिष्टले सरकारलाई चेक हस्तान्तरण गर्ने कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियास्थित हर्कुलिस सहरका काउन्सिल सदस्य डिल्ली भट्टराईसहित तुलसी चौलागाई, शुभाष थापा, राम काजी खड्का, शेखर कँडेल र शर्मिला सुवेदीको सहभागिता रहेको थियो।

चेक हस्तान्तरण गर्दै संस्थाका उपाध्यक्ष पशुपती कॅडेलले नेपालमा प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको पीडामा साथ दिनु तथा राहत र पुनर्स्थापनामा सरकारलाई सहयोग पुर्याउनु आफ्नो उद्देश्य रहेको बताए। उनले विदेशमा रहे पनि नेपाल र नेपालीको सुखदुःखमा साथ दिनु प्रवासी नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गरे। त्यसैगरी, अर्का उपाध्यक्ष पवन बिष्टले भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि प्रवासी नेपालीको मन, माया र जिम्मेवारी मातृभूमिसँगै जोडिएको बताए। हर्कुलिस सहरका काउन्सिल सदस्य डिल्ली भट्टराईले एक करोड रुपैयाँको सहयोग आर्थिक सहायता मात्र नभई विदेशमा रहेका नेपालीको एकता र नेपालको पुनर्निर्माणप्रतिको प्रतिबद्धताको प्रतीक भएको धारणा व्यक्त गरे। संस्था र बे एरियामा रहेका नेपाली समुदायले यस सहयोगमार्फत नेपाल र प्रवासी नेपालीबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनमा मानवीय सहयोगसँगै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा लगानी सहकार्यका क्षेत्रमा समेत साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिमण्डलले सहयोग रकम प्रभावकारी, पारदर्शी र लक्षित रूपमा उपयोग भई वास्तविक विपद् प्रभावित नागरिकसम्म राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

चेक हस्तान्तरणपछि क्यालिफोर्नियामा अवस्थित मुक्तिनाथ धामको ट्रष्टी अध्यक्ष समेत रहेको पशुपति कँडेलले नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडडयानमन्त्री खडगराज पौडेल गनेशलाई भेटेर नेपालको धर्म र संस्कृतिको बिश्वव्यपापी प्रचारमा क्यालिफोर्नियामा रहेको नेपाली समुदायको भूमिकाबारे जानकारी गराउँदै यसमा नेपाल सरकारसँग मिलेर काम गर्र्न चाहाना व्यक्त गरेको थिए । यस्तै कँडेलले सोहीदिन परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत भेटेर क्यालिफोर्नियामा रहेको नेपालीकन्सुलर विभाग बन्द गर्ने सरकारको निर्णयले त्यहाँ नेपालीलाई समस्यामा पारेको भन्दै यसलाई तत्काल सच्चाउन आग्रह आग्रह गरेका छन । कँडेलसँगको भेटमा खनालले सरकारले अनावस्याक खर्च कटौती गर्नका लागि केहि ठाउँका कन्सुलर विभाग बन्द गर्ने निर्णय गर्दा क्यालिफोर्नियाको कन्सुलर विभाग पनि बन्द भएको र यसलाई आफुले पुनः संचालनका लागि पहल गर्ने आश्वसन दिएका छन ।