नेप्से आज दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३६ कम्पनिका एक करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज ग्लोबल आइएमई सम्मुन्नत योजना- २ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड ४१ लाख कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ८० लाखको कारोबार भएको छ ।















