सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Image

 नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५९  हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर ४५२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।