सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्यमा बढोत्तरी

Image

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

गत आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला पाँच हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।