परिसूचक उकालो लाग्दा पनि कारोबार रकममा गिरावट

Image

मंगलबार सेयर बजारमा उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २१ दशमलव ६२ अंकले बढेर २६३८ बिन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से २ अंकले बढेको थियो। परिसूचक बढे पनि कारोबार रकम भने घट्दो क्रममा देखिएको छ। अघिल्लो दिन ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। आइतबार भने ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचक

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। बैंकिङ ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार समूह १.४९ प्रतिशतले उकालो लागेका छन्।

सर्वाधिक बढ्ने कम्पनी

साल्पा विकास बैंक को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।
त्यस्तै रिलायन्स स्पिनिङ मिल्स ९.३१, हिमालयन पावर पार्टनर ९.१५, सागर डिस्टिलरी ८.९६ तथा बन्दीपुर केबुलकार ८.३४ प्रतिशतले बढेका छन्।

सर्वाधिक घट्ने कम्पनी

नेपाल एसबीआई बैंक को सेयर मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप र रिडी पावर रहेका छन्।