शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता आइपिओ निष्कासन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी सेयरमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आवेदन दिने अन्तिम मिति फागुन २२ गते तोकिएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार सो अवधिसम्म सबै सेयर बिक्री नभए चैत १ गतेसम्म म्याद थप गरिनेछ।
















