वर्षाले पोखरा र सुर्खेतमा हवाई उडान प्रभावित

वर्षाका कारण पोखरा र सुर्खेतमा हवाई उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा हवाई उडान हुन नसकेका हुन्।

बुद्ध एयरले तुम्लिङटारमा भने आइतबारका सबै उडान रद्द गरिएको जनाएको छ ।

शनिबारदेखि देशभर वर्षा जारी छ । जसका कारण नियमित उडान प्रभावित भएका हुन् ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।