राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले गत भदौ २३ गते भएको जेन–जी र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा आफू सहभागी नभएको बताएका छन्।
जेन–जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा उनले उक्त कुरा उल्लेख गरेका हुन्।
बालेनले बयानमा भनेका छन्, “२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन।”
उनले र्यालीका क्रममा व्यवसायी तथा रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको दाबी पनि गरेका छन्।
















