बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

Image

नरेन्द्र मोदी ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै मोदीले बालेनको नियुक्ति नेपाली जनताको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन्।

‘नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई। तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो,’ उनले लेखेका छन्।

मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन बालेनसँग सहकार्य गर्न इच्छुक रहेको पनि बताएका छन्। ‘दुवै देशका जनताको हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ उनले उल्लेख गरेका छन्।