शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ । उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीलाई राख्ने बेडमै राखिएको अस्पतालले जनाएको छ ।
त्यहाँ भर्नाअघि ओलीलाई आकस्मिक कक्षको २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनको परीक्षणपश्चात भिआइपी क्याबिनमा भर्ना गरिएको हो ।
भक्तपुरको गुण्डुबाट पक्राउ गरी उनलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याएको थियो । त्यहाँ केही बेर राखेपछि उनलाई स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो ।















