गृहमन्त्री सुधन गुरुङलेनेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन् । गृहमन्त्रीको आह्वानपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका हुन् ।
उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन् ।
दुवै आईजीपीसहित उच्च प्रहरी अधिकारीहरू हाल गृहमन्त्री गुरुङको कार्यकक्षमा रहेर आन्तरिक छलफलमा छन् ।यसअघि शुक्रबार पनि गृहमन्त्री गुरुङले दुवै आईजीपीलाई गृहमन्त्रालय बोलाएर छलफल गरेका थिए । त्यसलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिइएको थियो ।















