सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी दीपक खड्का अस्पताल भर्ना

Image

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका पूर्वमन्त्री दीपक खड्का लाई अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को थुनामा रहेका खड्कालाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो। विभागका अनुसार उनी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका थिए।

गएराति करिब साढे १२ बजे बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो। तर लगातार बान्ता भइरहेपछि त्यहाँबाट उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको हो।

हाल त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको विभागका एक अधिकारीले जानकारी दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ।