हर्क साम्पाङ ले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा आफ्नो पार्टीका सांसदहरू सहभागी नहुने स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीले आज सिंहदरबार मा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्न लागेका थिए। यसका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो।
हर्क साम्पाङले भने, “प्रधानमन्त्रीले सदन बोलाउन पहल नगरी बैठकमा बोलाउनुको कारण थाह भएन। हामी बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्ने हो। हप्ताको कम्तीमा एकपटक बैठक हुनुपर्छ। जनताको प्रश्नहरूसँग भाग्न पाइँदैन, सबै प्रश्नको जवाफ दिनैपर्छ। जय लोकतन्त्र।”















