रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा लामिछानेले मंगलबार अदालत पुगेर तारेख बुझेका हुन्।

उनी तारेख बुझेर केहीबेरअघि फर्किएको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए। पर्साको ‘सानो पाइला’ सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। सोही मुद्दाको प्रक्रियाअनुसार उनी अदालतमा उपस्थित भई तारेख बुझ्न पुगेका हुन्।

लामिछाने फागुन २१ मा सम्पन्न उपनिर्वाचनबाट चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।