भारत उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या

भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार एयर इन्डियाको जहाज विमानको ब्रेकमा समस्या देखिएको हो । रनवेमा रहेको विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ।

एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि उडान प्रभावित भएको छ। ३ बजेर ५० मिनेटमा उड्ने सेडुलमा रहेको विमानमा समस्या आएपछि त्यसपछिका उडान प्रभावित भएका हुन् ।