सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। मुख्यमन्त्री शाह आज बिहान प्रदेश राजधानी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार उनी लामो समयदेखि दायाँ खुट्टा, रिडको हड्डी तथा नसासम्बन्धी समस्याबाट पीडित छन्। स्वास्थ्य अवस्थाको थप परीक्षण र उपचारका लागि उनी पुनः दिल्ली गएका हुन्।
यसअघि पनि गत मंसिरमा मुख्यमन्त्री शाहले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा करिब दुई साता उपचार गराएका थिए। उपचारपछि उनी स्वदेश फर्किएका थिए।















