सांसदलाई रातो पासपोर्ट दिने विषयमा दलहरूबीच छलफल सुरु

Image

प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउने प्रक्रियामा देखिएका कानुनी तथा व्यावहारिक जटिलता समाधान गर्न राजनीतिक दलहरूबीच छलफल सुरु भएको छ।

संघीय संसद सचिवालयस्थित काठघर (कानुन समितिको हल)मा जारी छलफलमा डोलप्रसाद अर्यालसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्।

छलफलमा सांसदहरूलाई कूटनीतिक राहदानी सिफारिस गर्ने प्रक्रिया, मापदण्ड तथा त्यससँग सम्बन्धित अन्य नीतिगत विषयहरूमा विचारविमर्श भइरहेको बताइएको छ।