प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

Image

गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ चौतर्फी आलोचनामा परेका छन्। सोही विषयमा उत्पन्न राजनीतिक दबाबका बीच उनले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका हुन्।

उक्त प्रकरणलाई लिएर गृहमन्त्री गुरुङमाथि नैतिक आधारमा राजीनामा दिनुपर्ने माग चर्किएको छ। विपक्षी दल र विभिन्न वृत्तबाट पारदर्शिता र जवाफदेहिताको माग उठिरहेका बेला सरकारभित्रै पनि यस विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ।