रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना

Image

रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । भोलि लाग्ने वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न रुकुमपूर्वबाट गइरहेको जिप थवाङ गाउँपालिका अन्तर्गत जलजला क्षेत्रमै दुर्घटनामा परेको हो ।

जिपमा १८ जना सवार थिए । दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । जिप भिरबाट निकै तल खसेको छ र दुर्घटनास्थलसम्म प्रहरी तथा उद्धार टोली अझै पूर्ण रूपमा पुग्न सकेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।