मालपोत कार्यालयको नाम फेरियो

Image

काठमाडौं। सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गर्दै अबदेखि ‘भूमि प्रशासन कार्यालय’ कायम गर्ने निर्णय गरेको छ।

मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्द हटाएर त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ उल्लेख गरिएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत उक्त परिवर्तन गरेको हो। सोही संशोधनअनुसार मालपोत अधिकृतलाई अब ‘भूमि प्रशासन अधिकृत’ भनिने व्यवस्था गरिएको छ।

सरकारको उक्त निर्णयसँगै भूमि प्रशासनसम्बन्धी संरचना र पदनाममा औपचारिक परिवर्तन भएको छ।