शोभा पाठकमाथि आक्रमण प्रकरण : १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रहरीको सिफारिस

Image

शोभा पाठकमाथि भएको आक्रमण प्रकरणमा प्रहरीले १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो। उनका अनुसार पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन सिफारिस गरिएको छ।

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै पाठक माइतीघरमा धर्ना बसेकी थिइन्। सोही क्रममा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहितको समूहले उनीमाथि आक्रमण गरेको आरोप छ।

प्रहरीले अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेपछि सम्बन्धित अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाउनेछ।