नेपालले ओमानलाई ८१ रनले हरायो

Image

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।

ओमानका लागि विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका लागि बलिङमा गुलशन झाले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ५ विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।

यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोड्दै आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।