दरबारमार्गको क्याफेबाट गैंडाको खागसहित ३ जना पक्राउ

Image

गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ ।

दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग भेटिएको हो ।