साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ । जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।
उनीमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए । ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो । छलफलपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको जानकारी गराएको छ ।















