नेपाल लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य सिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा बैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि:शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोस्टिक मार्फत प्रदान गरिएको थियो । सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निस्शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरहरुबाट नि:शुल्क परामर्श सुविधा प्रदान गरिएको थियो । २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएको इन्स्योरेन्सले जनाएको छ ।

योसँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभाव, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । साथै, आगामी दिनमा पनि कम्पनीले यसरी नै सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा रहेको बताएका छन् ।















