मीना खरेल नेपाल महिला संघको अध्यक्ष

Image

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल महिला संघको जिम्मेवारी मीना खरेललाई दिएका छन्। सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम अध्यक्षमा खरेललाई नियुक्ति गरेका हुन्।

म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल महिला संघलाई पुनर्गठन गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित खरेललाई १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको हो।

निर्णयअनुसार नवगठित नेतृत्वले २०८३ जेठ १५ गतेभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ। आवश्यक परे पदाधिकारी तथा उपसमिति गठन गर्न सकिने व्यवस्था पनि गरिएको छ।

त्यस्तै, रिक्त वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका समितिहरूलाई २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्न निर्देशन दिइएको छ।

नेपाल महिला संघको केन्द्रीय महाधिवेशन २०८३ फागुन १५ गतेभित्र सम्पन्न गर्ने जिम्मेवारी दिएको का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।