संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दिएका हुन् । शक्तिपृथकीरकणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश सिफारिस भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। रिट दर्ता हुन बाँकी रहेको उनले जानकारी दिए ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका रिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मा सिफारिस भएका थिए ।
यस निर्णयमा संवैधानिक परिषद्को बैठकमा दुई सदस्यले असहमति जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले असहमति जनाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले शर्मालाई नै सिफारिस गरेका थिए ।















