नेकपाले ३२ जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज तोक्यो

Image

नेपाली कम्युनिस्ट पार्टीले ३२ जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले संगठनात्मक जिम्मेवारी तोकेको हो । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल द्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–३) मार्फत जनवर्गीय संगठनहरूको जिम्मेवारी सार्वजनिक गरिएको हो ।

निर्णयअनुसार अखिल नेपाल किसान महासंघ को इन्चार्जमा बलदेव चौधरी र सह–इन्चार्जमा कुमार पौडेल तोकिएका छन् ।

अखिल नेपाल महिला संगठन को इन्चार्ज जयन्ती राई र सह–इन्चार्ज कमला रोका रहेका छन् । त्यस्तै सहिद बेपत्ता तथा घाइते योद्धा संगठन को इन्चार्ज हितराज पाण्डे, सह–इन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे तोकिएका छन् ।

आदिवासी जनजाति महासंघ को इन्चार्ज सुरेश आले मगर र सह–इन्चार्ज पासाङ शेर्पा, इन्जिनियरर्स एसोसिएसन को इन्चार्ज लेखनाथ न्यौपाने र सह–इन्चार्ज कपिल आचार्य तोकिएका छन् ।

त्यस्तै उद्योग तथा व्यवसायी महासंघ, कानुन व्यवसायी संगठन, खेलकुद महासंघ, ट्रेड युनियन महासंघ लगायतका संगठनमा पनि इन्चार्ज तथा सह–इन्चार्ज तोकिएको पार्टीले जनाएको छ ।

विद्यार्थी, शिक्षक, युवा, स्वास्थ्यकर्मी, मानव अधिकार, विपद् व्यवस्थापन, सहकारी, आईटी फोरम लगायतका जनवर्गीय संगठनहरूमा पनि नयाँ जिम्मेवारी बाँडफाँड गरिएको छ ।

पार्टीले संगठनात्मक संरचना मजबुत बनाउन र आगामी गतिविधिलाई प्रभावकारी बनाउन जिम्मेवारी तोकिएको जनाएको छ ।