नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी कार्यालयको नयाँ भवन बल्खुमै निर्माण गरिने बताएका छन् ।
आइतबार बल्खुमा आयोजित तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रित को ३३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नयाँ केन्द्रीय कार्यालय बल्खुमा नै बनाउने तयारी रहेको जानकारी दिएका हुन् ।
उनले यस विषयमा सोमबार बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने बताए ।एमालेले हाल बल्खुस्थित पार्टी कार्यालयबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
















