मदन-आश्रित हाम्रो चेतनामा सँधै जीवित रहनु हुनेछ: विद्या भण्डारी

Image

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार बल्खुमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनका मात्र होइन, लोकतान्त्रिक आन्दोलनका पनि महत्वपूर्ण मार्गदर्शक भएको उल्लेख गरिन् ।

कार्यक्रमका क्रममा उनले मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण समेत गरेकी थिइन् । उनले ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रवर्तक मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रित नेपाली लोकतान्त्रिक आन्दोलनले सदैव सम्मान गरिरहने व्यक्तित्व भएको बताइन् ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूको उपस्थिति थियो ।