थानकोटमा घरायसी झगडा: भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

Image

काठमाडौँको चन्द्रागिरि नगरपालिका–३, थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीच गएराति घरायसी विषयमा विवाद भएको थियो । विवाद उग्र बनेपछि भिनाजु समी अहमदले सालो जाकिर मन्सुरीमाथि चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार घटनामा संलग्न आरोपित समी अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।