उत्तरी अफगानिस्तानको बघलान प्रान्तका अधिकाशं जिल्लाहरूमा भारी वर्षा पछि आएको बाढीका कारण महिला तथा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियालाइृ उदृत गर्दै टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।
वर्षाका कारणले एक सय भन्दा बढी आवासीय घरहरू क्षेतिग्रस्त बनाउनुका साथै कृषि जमिन डुबानमा परेको जनाइएको छ । जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका प्रमुख हेडायतुल्लाह हम्दर्दलाई उद्धृत गर्दै मिडियाले जनाएका छन् । यसै गरी बुधबार राति भएको छुट्टै मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा तीन जनाको मृत्यु भएको हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।
अफगानिस्तानका केही भागहरूमा विगत केही दिन देखि भारी वर्षा, आँधीबेहरी, गर्जन र बिजुलीको चपेटामा परेको जनाइएको छ । अफगानीस्तानको मौसम विभागले आगामी दिनमा निरन्तर वर्षाको चेतावनी जारी गरेको छ भने कमजोर क्षेत्रहरूमा थप बाढीको चिन्ता बढाएको छ ।
















