गणतन्त्र दिवसमा नयाँ अभ्यास, प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि राष्ट्रपतिलाई अवसर

Image

आगामी गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन्। यस वर्ष टुँडिखेलमा हुने मुख्य समारोहलाई राष्ट्रपति कार्यालयले सम्बोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषद्को निर्णय अनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ।

परम्परागत रूपमा गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको थियो। तर यसपटक संविधानको व्यवस्था र सरकारको निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधनको जिम्मा दिइएको बताइएको छ। टुँडिखेलमा हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ। सरकारी स्रोतका अनुसार यस निर्णयलाई गणतन्त्र दिवसको प्रतीकात्मक महत्त्वलाई अझ सुदृढ बनाउने प्रयासका रूपमा लिइएको छ।