स्पष्ट कार्ययोजना बनाएर अघि बढ्दा बेरुजु घटाउन सकिन्छ: सचिव कार्की

Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने हो भने विद्यमान बेरुजु उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन् ।

सोमबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले बेरुजु फर्स्यौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने बताए ।

धेरैजसो बेरुजु नियमित गर्नुपर्ने, प्रमाण जुटाउनुपर्ने तथा सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख र मन्त्रालयका सचिवमार्फत नियमित गरी महालेखा परीक्षकको कार्यालयमा संपरीक्षण गराउनुपर्ने प्रकृतिको रहेको उनको भनाइ थियो ।

‘बेरुजु घटाउन एकदम निर्मम भएर लागियो भने बेरुजु घट्छ । धेरै नियमित गर्नुपर्ने बेरुजु, प्रमाण जुटाउनुपर्ने बेरुजु, सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख र मन्त्रालयको सचिवले नियमित गरेर महालेखा परीक्षकलाई सम्परीक्षण गर्नुपर्ने भएकोले हामीले एउटा एक्सन प्लान नै बनाएर बेरुजु फर्स्यौटतर्फ लाग्ने हो भने बेरुजु घटाउन सकिन्छ । प्रधानमन्त्री कार्यालयले त्यो प्लान, त्यो एक्सन प्लान बनाएको छ,’ उनले भने ।