राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर जेठ २० गते सम्पन्न हुने बताइएको छ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुनलागेको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारतको भ्रमणको निम्तो दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन । उनीअगावै रास्वपा सभापति लामिछानेको तयको भारत भ्रमणलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।
















