श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष एवं सांसद् हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। श्रम संस्कृति पार्टीको प्रदेश नम्बर १ (कोसी प्रदेश) कार्यसमितिले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो।
सो पार्टीका प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सेनाले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको छ।
















