वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

Image

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले राजेशमान सिंह विरुद्ध लिखत किर्ते सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहलाई पक्राउ गर्न अनुमति ८ जेठमै दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले नागरिकता सम्बन्धी लिखत कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएको जानकारी दिए ।

प्रहरीले अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।