सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला

Image

आज र भोलिको सार्वजनिक बिदाका दिन पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला रहने भएको छ । लगातार चार दिन सार्वजनिक बिदा परेकाले बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको दर्ता र सुनुवाइका लागि अदालत सञ्चालनमा रहने जनाइएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइका लागि अदालत खुला रहनेछ ।

व्यक्तिगत स्वतन्त्रता र मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरिएको अदालतले जनाएको छ । अन्य नियमित मुद्दाको सुनुवाइ भने बिदापछि मात्रै हुने बताइएको छ ।