नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज (शनिबार) बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
आचार्यका अनुसार प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन्। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाको समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो।
















