कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
शनिबार दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापा मगरको महाकाली नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीले जानकारी दिए।
प्रहरी निरीक्षक सोनी नेतृत्वको टोली घटनास्थल पुगेको थियो। उनका अनुसार, महाकाली नदीमा माछा पार्ने क्रममा टोपबहादुरको मृत्यु भएको हो।















