बाजुरामा भीरबाट लडेर बालिकासहित दुई जनाको मृत्यु

Image

बाजुराको बडीमालिका नगरपालिकामा आइतबार भीरबाट लडेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटका अनुसार बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो।

यस्तै, बडीमालिका नगरपालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि भीरबाट लडेर ज्यान गएको छ। उनी गाउँनजिकैको वन क्षेत्रमा आमासँग घाँस काट्न गएका बेला चिप्लिएर भीरबाट खसेकी थिइन्।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा शवको व्यवस्थापन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।