सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।
उनी अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्।
















